site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पर्वतको गुप्तेश्वर बहुमुखीमा गठबन्धनको प्यानल नै विजयी
Sarbottam CementSarbottam Cement

पोखरा । पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सत्ता गठबन्धन निकटका विद्यार्थी संगठनको प्यानल नै विजयी भएको छ । 

यहाँ गठबन्धनबाट नेविसंघले सभापति, सचिव र एक सदस्य, अखिल क्रान्तिकारीले कोषाध्यक्षसहित दुई सदस्य पदमा तालमेल गरेर निर्वाचनमा भाग लिएका थिए । एमालेनिकट अनेरास्ववियु भने एक्लै चुनावी प्रतिष्पर्धामा थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार सम्पन्न निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारीका उमेदवार सबै पदमा विजयी भएका हुन् । निर्वाचन अधिकृत ओमकार गिरीका अनुसार सभापति पदमा नेविसंघका सतिश रेग्मी विजयी भएका छन् ।

उनी १३१ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुकी जोश्ना कुँवरले ५३ मत ल्याइन् । सचिवमा नेविसंघकै लक्ष्मण रेग्मी ११४ मत ल्याएर विजयी भए । उनका प्रतिष्पर्धी अनेरास्ववियुका मनोज पुरीले ७० मत ल्याए ।

Global Ime bank

कोषाध्यक्षमा क्रान्तिकारीकी पवित्रा नेपाली विजयी भइन् । उनले ११९ मत ल्याउँदा अनेरास्ववियुका अपिल क्षेत्रीले ६५ मत ल्याए ।

सदस्य पदमा पनि नेविसंघबाट पुजाकुमारी पोखरेल, अखिलबाट मनिशा परियार र सविना क्षेत्री विजयी भएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC