
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहदेखि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन सम्पन्न हुँदा लोकतान्त्रिक अभ्यास परिपक्क बन्दै गएको बताएका छन् ।
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन बुझाउन शीतलनिवास पुगेका आयोगका पदाधीकारीहरूसँग आइतबार उनले सबै निर्वाचन निर्वाध, निष्पक्ष र शान्तिपूर्णरुपमा सम्पन्न गरेकोमा आयोग र सरोकारवाला निकाय सबैलाई धन्यवाद व्यक्त गरे ।
सोक्रममा आयोगले राष्ट्रपति पौडेलसमक्ष चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनको प्रतिवदेन बुझाएको छ । राष्ट्रपति भवन शीतलनिवासमा एक समारोहका बीच आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रपति पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदन बुझाउँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यो वर्ष आयोगको लागि निर्वाचन वर्ष भएको चर्चा गरे । साथै, उनले उपराष्ट्रपति निर्वाचनका बारेमा विस्तृत जानकारी समेत गराएका थिए ।
