देश

काठमाडौं । काठमाडौं महानगरपालिका–९ तिलगङ्गामा ना३ख ६०६४ नंको गाडीको ठक्करबाट आज पैदलयात्रीको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका–९ घर भई हाल काठमाडौंको सिनामङ्गल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा मृत्यु भएको हो ।
गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी वृत्त गौलाशाका प्रहरी नायब उपरीक्षक सञ्जीवबाबु खड्काले जानकारी दिए । रासस
प्रकाशित मिति: शनिबार, चैत ४, २०७९ १९:४१
प्रतिक्रिया दिनुहोस्