कला
चलचित्र ‘नीरफूल’ जेठ १९ गते प्रदर्शन हुने
काठमाडौं । तीन वर्षअघि रिलिज स्थगित भएको चलचित्र ‘नीरफूल’ आउँदो जेठ १९ गते रिलिज हुने भएको छ ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयास यो चलचित्रको मुख्य कथा हो ।
फूलमान वलले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छयोइकी घिसिङ, राजन खतिवडालागयत कलाकारको अभिनय छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९ ०९:०२