site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन वर्ष यताकै शान्त दसैँ
SkywellSkywell

काठमाडौं । विभिन्न आपराधिक गतिविधिमा संलग्न एक हजार ४ सय ५६ जनालाई प्रहरीले दसैँको अवधीमा पक्राउ गरेको छ । 

महानगरीय प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दसैँको घटस्थापनादेखि द्वादशीसम्म १ हजार ४५६ जना पक्राउ परेका छन् । काठमाडौंबाट १ हजार २६५ जना ललितपुरबाट १ सय ४१ र भक्तपुरबाट ४० जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरीले जनाएको छ । जसमा १ सय १३ जनालाई प्रहरीले थुनामा राखि कारवाही थालेको छ, भने बाँकीलाई सम्झाइ–बुझाइ गरी छाडेको छ । 

विगतका वर्षहरूका दसैँको भन्दा यो वर्षको दसैँमा अपराध कम भएको प्रहरीले तथ्याङ्कले देखाएको छ । 

KFC Island Ad
NIC Asia

महानगरीय प्रहरी आयुक्तको कार्यालयको विगत तीन वर्षको तथ्याङ्कअनुसार यो वर्षको दसैँमा सबैभन्दा कम अपराध भएको देखिएको छ । 

आयुक्त कार्यालयकाअनुसार दसैँको अवधीमा ३३ आपराधीक घटना भएका छन्, जसमा ११ सार्वजनिक मुद्दा, चोरीमा ११, कर्तव्य ज्यानमा २, जुवा २, लुटपाट २, झगडा ३, ठगीमा एउटा घटना घटेको प्रहरीको भनाइ छ ।

Royal Enfield Island Ad

त्यसैगरी अघिल्लो दसैँमा ८८ आपराधीक घटना भएका थिए, जसमा सार्वजनिक अपराधमा १६, चोरीमा ३०, झैझगडामा २३, कर्तव्य ज्यानमा ३, लुटपाटमा ३ अपहरणमा २ र ठगी सम्बन्धि ७ घटना घटेका थिए । त्यसैगरी आर्थिक वर्ष ०७३लाई हेर्ने हो भने ८१ आपराधीक घटना भएका थिए । 

महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्द भन्छन्, “विगत तीन वर्षको दसैँमा हुने गरेका आपराधिक घटनामा यो वर्ष सबै भन्दा कम भयो, दसैँ अगावै सुरक्षा व्यवस्था चुस्त बनाएका कारण यो पटक सुरक्षामा कमी रहेन, सुरक्षा व्यवस्था चुस्त भएका कारण आपराधीक घटनामा कमी आएको हो ।” 

तीन वर्षको आपराधिक तथ्याङ्क केलाउने हो भने दोब्बर कमी भएको छ,” एआईजी चन्दले ठोकुवा गरे, “दसैँमा कहाँ के गर्दा हुन्छ भन्ने कुरा हामीलाई ज्ञान थियो, त्यस्ता ठाँउ र व्यक्तिको पहिचान गरी सुरक्षा योजना बनाएका कारण अपराध नियन्त्रणमा नतिजा राम्रो देखियो, दीपावलीमा पनि यस्तै सुरक्षा रणनीति तय गरिनेछ ।”

दसैँ, तिहार तथा छठ पर्वको सुरक्षा व्यवस्थालाई मजवुत पारेका छाँै, दशै मनाउन घर जाने भएका कारण राजधानी खाली हुन्थ्यो, अव दीपावली आउँदैछ राजधानी भरिँदै जान थालेको छ, हामीले सुरक्षा संयन्त्र पनि त्यही तरिकाले परिचालन गरेको छौं,” चन्दको भनाइ थियो ।

तस्बिर ः रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १६, २०७४  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro