site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक भएको छ । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ले टिजर सार्वजनिक गरिएको हो । 

वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रको टिजरमार्फत वैदेशिक रोजगारीबाट सिर्जित समस्यालाई देखाउने प्रयास गरिएको छ । मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा तयार टिजर हेर्दा सशक्त दृश्य भाषा र कलाकारको अभिनय देखिन्छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका छ । महेशले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् । बिनिताले मियाको चरित्रमा छिन् । 

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो । यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । 

Global Ime bank

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा पनि ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत भएको थियो । 

चलचित्रमा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय छ ।

विक्रमसँगै चलचित्रको कथा विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंले गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय