site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी, जसपा र नेकपा एसले मोर्चा बनाउने, कांग्रेससँग बिहान छलफल 

काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले मोर्चा बनाएर अघि बढ्ने तयारी गरेका छन् ।

सिंहदरबारमा बिहीबार बेलुका बसेको तीन दलका शीर्ष नेताको बैठकले अब मोर्चा बनाएर अघि बढ्ने विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामीले तीन दलको मोर्चा बनाएर अघि बढ्न विषयमा कुराकानी गर्‍यौँ,” उनले भने, “शुक्रबार बिहान बस्ने कांग्रेससँगको छलफलमा बाँकी विषयमा कुराकानी हुन्छ ।”

उनका अनुसार राष्ट्रपति, उपराष्ट्रपति, सरकारलगायतका विषयमा प्याकेजमै छलफल गर्ने तयारी छ ।

यसअघि कांग्रेससहित चारै दलका नेताको बैठक आजै बस्ने तयारी गरिएको भए पनि अन्तिममा भोलि बिहानका लागि सारिएको थियो ।

बैठकमा राष्ट्रिय सहमति हुने अवस्थामा मात्रै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा उमेदवारी दिने विषयमा कुराकानी भएको र त्यस्तो अवस्था नदेखिएको ती नेताले जानकारी दिए ।

“उहाँले राष्ट्रिय सहमति भयो भने मात्रै उमेदवारी दिने कुरा गर्नुभएको हो,” ती नेताले भने, “एमालेले पनि उमेदवारी दिने र कांग्रेसले पनि दिने अवस्थामा उहाँले उमेदवारी दिनुहुन्न ।”
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १९:५७
प्रतिक्रिया दिनुहोस्