site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संकटमा सुदूरपश्चिम सरकार ! नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल बुधबार विश्वासको मत लिने तयारीमा छन् । तर, मुख्यमन्त्री नियुक्त हुँदा साथ दिएको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टी भने वर्तमान सत्ता गठबन्धनसँग चिढिएको अवस्था छ । 

नागरिक उन्मुक्तिले प्रदेश सरकारलाई विश्वासको मत दिन टीकापुर घटनाका राजबन्दीको रिहाइ र मुद्दा फिर्तालाई बटमलाइन बनाएको थियो । तर, १० वर्ष अगाडि दोषी ठहर भएका नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी पक्राउ परेपछि उक्त पार्टी वर्तमान सरकारलाई विश्वास गर्ने अवस्थामा छैन । जसकारण उसले विश्वासको मत दिने सम्भावना पनि घटेको छ । 

उसका सातजना प्रदेशसभा सदस्य मंगलबार रेशम चोधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका थिए । कारागारमा चौधरी र सातजना सांसदबीच घण्टौँसम्म छलफल चल्यो । छलफलमा रेशमले आफ्ना सांसदलाई एमाले नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिन आग्रह गरेको बताइएको छ । 

नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले सबै प्रदेशसभा सदस्य काठमाडौं पुगेको बताउँदै भने, “हाइकमान्डको निर्देशनअनुसार नै विश्वासको मत दिने/नदिने टुंगो लाग्छ ।” कारागारमा भएको छलफलमा रेशमले आफू रिहा नहुँदासम्म सरकारमा नजान र विश्वासको मत पनि नदिन प्रदेशसभा सदस्यलाई आग्रह गरेको स्रोतको दाबी छ ।

मुख्यमन्त्री रावलले २६ माघभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । यसबीचमा उनले एक दिन अगाडि नै प्रदेशसभाको बैठक आह्वानका लागि आग्रह गरिसकेका छन् । सोहीअनुसार बुधबार प्रदेशसभा बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्तिले विश्वासको मत नदिए नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार ढल्ने लगभग पक्का छ । रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका सात र राप्रपाका एक गरी २९ जना प्रदेसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपश्चिममा विश्वासको मतका लागि मुख्यमन्त्री रावललाई कम्तिमा २७ जना प्रदेशसभा सदस्यको साथ आवश्यक छ । 

CM RAWAL1675773962.png

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र एकजना स्वतन्त्र भने विपक्षमा छन् । कांग्रेसका १९ र एकीकृत समाजवादीका चाजना प्रदेशसभा सदस्य छन् ।

तर, एमालेका प्रदेशसभा सदस्य तथा एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठक भने रावलले विश्वासको मत पाउनेमा ढुक्क छन् । 

“मुख्यमन्त्री नियुक्त हुँदा जसरी नागरिक उन्मुक्तिले साथ दिएको थियो, सोहीअनुसार उसले विश्वासको मत पनि दिनेमा हामीलाई विश्वास छ,” उनले थपे, “सभामुखलाई मतदान गर्दा पनि नागरिक उन्मुक्तिले निर्णय गरेको थिएन । अहिले पनि निर्णय नगरे पनि हामीलाई विश्वासको मत दिन्छ ।” 

विश्वासको मत लिन भएको ढिलाइले मन्त्रिमण्डल बिस्तार पनि हुन सकेको छैन । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्ट र एमाले प्रदेशसभा सदस्य सन्तोषकुमारी शर्मा थापा मन्त्रीमा नियुक्त भएको पनि उनीहरुको लागि अझै मन्त्रालय तोकिएको छैन ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro