site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपति चुन्ने मितिबारे निर्वाचन आयुक्तकै फरक मत 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मितिबारे निर्वाचन आयोगका एक आयुक्तले फरक मत राखेका छन् । 

आयोगले आज राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते गर्ने निर्णय गरेको छ । तर, आयुक्त ईश्वरीप्रसाद पौड्यालले राष्ट्रपतिको कार्यकाल सकिनु एक महिनाअगाडि निर्वाचन गरिसक्नुपर्ने निर्वाचन ऐन पालना नभएको भन्दै निर्णयमा फरक मत राखेका हुन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐनको दफा ४ मा समयावधि सकिनु एक महिनाअघि निर्वाचन गर्नुपर्ने उल्लेख छ । ऐनअनुसार राष्ट्रपतिको निर्वाचन माघ २८ गतेअघि भइसक्नुपर्ने थियो । 

तर, उक्त ऐन संशोधन नगरी निर्वाचन मिति तोक्न नहुने तर्क गर्दै उनले फरक मत राखेका हुन् । निर्वाचन मितिबारे आयोगले बहुमतबाट निर्णय गरेको छ ।

“ऐनअनुसार राष्ट्रपतिको निर्वाचन माघ २८ गतेभित्र हुनुपर्छ । तर, फागुनमा गर्नु कानुनसम्मत भएन भन्ने मेरो कुरा हो । फागुनमा नै गर्ने भए ऐनको दफा संशोधन गरौँ भनेर फरक मत राखेको हुँ । तर, बहुमतबाट निर्णय भइसकेको छ,” उनले बाह्रखरीसँग भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro