site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अत्याधुनिक तरिकाले विद्यार्थीलाई चिट चोराउने एक महिलालाई इन्टरपोलले खोज्दै
Tiktok banner adTiktok banner ad

सिङ्गापुर सिटी । सिङ्गापुरमा परीक्षामा चिट चोराउने काममा संलग्न रहेकी एक महिलाविरुद्ध इन्टरपोलले अलर्ट जारी गरेको छ । अत्याधुनिक तरिकाले विद्यार्थीहरूलाई परीक्षामा चिट चोराउन फोन र हेडफोनहरूको प्रयोग गरिएको थियो । 

५७ वर्षीया पोह युआन निए नाम गरेकी महिलाले अन्य तीनजना सहयोगीको सहयोगमा यस्तो अवैध धन्धा चलाउँदै आएकी थिइन् । उनका सहयोगीहरू यसअघि नै जेल पुगिसकेका छन् । पोह एउटा स्थानीय ट्युसन सेन्टरका पूर्वप्रिन्सिपल हुन् । उनलाई गत सेप्टेम्बरमै चार वर्ष लामो कैद सजाय सुनाइएको थियो । तर उनले प्रशासन समक्ष आत्मसमर्पण गरेकी थिइनन् । 

उनी सिङ्गापुरबाट भागिसकेको अनुमान गरिएको छ । पोनीको उपनामले पनि चिनिने पोहविरुद्ध गत नोभेम्बरमा नगर राज्यले पक्राउ पुर्जी जारी गरेको हो । सिङ्गापुरले इन्टरपोललाई उनको पक्राउका लागि 'रेड नोटिस' जारी गराउन पहल गरेको हो । 

सन् २०१६ को अक्टोबरमा तीनवटा परीक्षामा विद्यार्थीहरूलाई चिट चोराउने अवैध धन्धा चलाएका थिए । 

स्थानीय सञ्चार माध्यमका अनुसार पोहको 'जिअस एजुकेसन सेन्टर'ले १७ देखि २० वर्ष उमेरका छ जना विद्यार्थीसँग जनही ९ हजार सिङ्गापुर डलर लिएर परीक्षामा उत्तीर्ण गराउने जिम्मा लिएको थियो । यदि उत्तीर्ण नभएमा ती विद्यार्थीलाई सम्पूर्ण पैसा फर्काइने सर्त राखिएको थियो ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  २३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro