site stats
विदेश
सुरक्षा कारबाहीमा अलसबाबका ३०० लडाका मारिए
Himalayan Bank
Dabur nepal
Agni Group
Global bank

मोगादिसु । सोमालियामा यहाँको सेनाले यहाँका विद्रोही अलसबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि ३०० जना लडाका मारिएका छन् । यहाँका सैन्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती सेना मारिएका हुन् । मारिनेमा दुईजना अलसबाब सशस्त्र समूहका दुई जना कमाण्डर पनि रहेका छन् ।

देशव्यापी रुपमा गरिएको कारबाहीमा उनीहरु मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् । बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन् ।

उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका ३२३ जना लडाकाहरुको ज्यान गएको र अरु कैयौँ घाइते भएका जानकारी दिए । उनले यहाँको सेनाले अल सबाबका लडाकाहरुका विरुद्धमा विशेष प्रतिरक्षात्मक कारबाही सुरु गरेको र यो कारबाही अझै केही दिन रहने पनि बताएका थिए । रासस/सिन्ह्वा
 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:५३
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय