site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मोटरसाइकल दुर्घटनामा प्रदेश सभाका अधिकृतको निधन
Ghorahi CementGhorahi Cement

विराटनगर । सवारी दुर्घटनामा परी प्रदेश नम्बर १ प्रदेश सभा सचिवालयका एजना कर्मचारीको निधन भएको छ । बुधबार विराटनगर महानगरपालिका–३ स्थित ढाटमा भएको मोटरसाइकल दुर्घटनामा सचिवालयका अधिकृत प्रेमबहादुर श्रेष्ठको निधन भएको हो ।

सुनसरीको धरान उपमहानगरपालिका–८ घर भएका श्रेष्ठ कार्यालयतर्फ आउने क्रममा दुर्घटनामा परेका थिए ।

Agni Group

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा घटना भएको हो ।

गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अपराह्न उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Global Ime bank

दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC