site stats
देश
कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी सात वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाकी एक फरार प्रतिवादी सात वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने छन् ।

सर्वोच्च अदालतको ०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले कलंकीबाट पक्राउ गरेको हो । 

Agani Group

लामिछानेमाथि २०७० मंसिर ७ गते शिशु जन्माएर चितवनमा साविकको पिठुवा गाजिस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे रूपमा फालेको अभियोग लागेको छ । 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

Global bank

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय