site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । बैठक माघ २१–२२ मा बस्ने पार्टी महासचिव बेदुराम भुसाललले जानकारी दिए । 

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीका विभिन्न तहका कमिटीहरुको बैठक बस्दै गरिएका निर्णयलाई अनुमोदन गर्न बैठक बोलाइएको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विकसित परिस्थितिमा पार्टी संगठनको पुनर्गठन, पार्टीको भूमिका र गतिविधिलाई तीव्रता प्रदान गर्ने उद्देश्यसहित केही महत्वपूर्ण निर्णय गरिने उनको भनाइ छ ।

त्यस्तै, एकीकृत समाजवादीले अन्तर संगठन निर्देशन (असनि)–३ जारी गरेको छ ।

असनिमा २०८० जेठ मसान्तभित्र सबै जिल्लामा जिल्ला अधिवेशन गर्न मातहतका कमिटीलाई निर्देशन दिइएको छ । २०८० कात्तिक मसान्तभित्र सबै प्रदेशमा प्रदेश अधिवेशन गर्नेसमेत असनिमा उल्लेख छ ।


 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्