site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
'भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, छोराछोरीको भविष्य सुनिश्चित गरेर ऋण तिरिदिनू'
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद् भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेटेका छन् । मृतकको परिवारलाई भेट्न बुधबार कीर्तिपुर अस्पताल पुगेका गृहमन्त्री लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्दै आफूबाट भएका कमजोरी पनि नियाल्ने र बाँकी कुरामा आफू गम्भीर भएर लाग्ने बताए ।

"अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यही कुराहरूबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ । नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन," लामिछानेले भने । 

Prabhu Bank
Agni Group
NIC Asia

मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको भविष्य सुनिश्चित गरिदिन, शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरिन् । उनले देशमै केही गरौँ भन्ने मान्छेलाई भ्रष्टाचारमा लिप्त प्रशासन र सरकारकै कारण मर्नुपरेको बताइन् ।

"उहाँले देशका लागि केही गरौँ भनेर गरौँ भन्नुभयो । तर अब बच्चाहरूको भविष्य के हुने हो ? मैले कसरी गर्ने, मेरो छोरीहरूको भविष्य, पढाइ सुनिश्चित गरियोस्, मैले सक्ने रोजगारी पनि दिनु, म यो आर्थिक उहाँले तिर्ने कतितिर छ यो सक्दिनँ राज्यले यसमा सहयोग गरोस् । यो भ्रष्टाचारी देश भएर मेरो मान्छेको ज्यान गयो, एउटाले कृषिमा १५ पटक अनुदान पाउँदा हामीले भर्न नै कति लाख खर्च भएन," उनले भनिन् । 

Global Ime bank

मंगलबार आफूमाथि पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका ३७ वर्षीय आचार्यको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC