site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओली भन्छन्– कांग्रेसको एउटै सूत्र : आफू सरकारमा हुनुपर्छ, त्यही हो लोकतन्त्र
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसभित्र देशका विषयमा कुरा नै नउठाइने टिप्पणी गरेका छन् ।

बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पुर्‍याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताए ।

Agni Group

“कांग्रेसमा त छलफल नै भएन । केही कुरा उठेन । खाली पदाधिकारी छान्ने,” ओलीले भने । कांग्रेसले नीति महाधिवेशनमा जान नचाहेको उनको भनाइ छ ।

कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर उनले गरे । देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको उनले बताए ।

Global Ime bank

कांग्रेसको नेतृत्वमा सरकार हुँदा विकास नहुने उनले बताए । उनले कांग्रेसले आफू सरकारमा हुनु नै विकास ठान्ने गरेको पनि बताए ।

“उसको एउटै मात्र सूत्र छ, आफू सरकारमा हुुनुपर्छ, त्यही हो लोकतन्त्र, त्यही हो विकास,” ओलीले कटाक्ष गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC