site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तस्करीको आरोपमा दुईजना चिनियाँ नागरिकसहित पाँचजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Ghorahi CementGhorahi Cement

काबुल । तस्करी गरेको आरोपमा तालिवान प्रशासनले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

चिनियाँ नागरिकले अफगानिस्तानबाट आफ्ना अफगान सहयोगीहरूमार्फत पाकिस्तान हुँदै चीनमा बहुमूल्य पत्थर तस्करी गर्ने प्रयास गरेका बताइएको छ । बहुमूल्य पत्थरसँगै उनीहरूलाई पूर्वी अफगानिस्तानको सीमावर्ती शहर जलालाबादमा गिरफ्तार गरिएको हो ।

Agni Group

स्थानीय स्रोतका अनुसार बरामद भएका पत्थर ३० प्रतिशतसम्म लिथियम पाइन्छ । पाकिस्तानसँग सीमा जोडिएका अफगानिस्तानका नुरिस्तान र कुनारबाट गोप्यरूपमा ती पत्थर निकालिएको समाचारमा जनाइएको छ । चिनियाँ नागरिक र उनीहरूका अफगान सहयोगीहरूले अवैध रूपमा बहुमूल्य पत्थर पाकिस्तान हुँदै चीन ढुवानी गर्ने योजना बनाएका तालिवान गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टरलीले जनाएको छ । 

गत डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उक्त घटनापछि चीनले आफ्ना नागरिकलाई  अफगानिस्तान छोड्न निर्देशन दिएको थियो । रासस /एएनआई 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC