site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख चुनावको अंकगणित : गठबन्धनभित्रको असन्तुष्टिले कांग्रेसलाई कति सहज ?

काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि दुईजनाको मनोनयन परेको छ । सभामुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गराएका छन् । 

घिमिरेको प्रस्तावकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितारज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् । 

उता न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रकाश ज्वाला रहेका छन् । सभामुखको निर्वाचन बिहीबार हुँदै छ । 

यस्तो छ अंकगणित 
सभामुखका लागि प्रतिनिधि सभामा रहेका २७५ सांसदबाट बहुमतका लागि १३८ मत आवश्यक पर्छ । सत्ता गठबन्धनका उमेदवार घिमेरेका प्रस्ताव र समर्थन गर्ने पार्टी एमालेका ७९, माओवादी ३२, रास्वपाका २०, रास्वपा १४ गर्दा १४५ छन् । सत्ता गठबन्धनका यी चार दलकै मत पनि सहजै बहुमत पुग्नेछ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदले हस्ताक्षर गरेका थिए । तर, अहिले गठबन्धनको असन्तुष्टिले सो संख्या कायम नरहने नेताहरू बताउँछन् ।

प्रचण्डलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) र जनमतले गठबन्धनमा असन्तुष्टि व्यक्त गरेका छन् । जसपासँग १२ सांसद रहेका छन् । उसले नेपाली कांग्रेससँग पनि छलफल गरेको छ । सभामुखको चुनावअघि मात्रै पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्ने जसपाका संसदीय दलका नेता रामसहाय प्रसाद यादवले जानकारी दिए । 

Global Ime bank

त्यस्तै, रोजेको मन्त्रालय नपाएपछि जनमत पार्टीले पनि गठबन्धनमा असन्तुष्टि प्रकट गरेको छ । सरकारमा सहभागी भएको दल जनमत पार्टीमा ६ सांसद छन् । 

अर्थात् यी दुई पार्टीका कुल १८ सांसदको मत कता जाने भन्ने अन्योल छ ।

चार सांसद रहेको नागरिक उन्मुक्ति पार्टी पनि आफ्नो माग सम्बोन नभएको भन्दै असन्तुष्ट रहेको बताइन्छ । तर, उसले गठबन्धनको पक्षमै मत हाल्ने बताइन्छ । तीनजना स्वतन्त्र सांसद छन् । जसमा दुई सांसदले प्रचण्डलाई समर्थन गरेका थिए ।

अर्थात् गठबन्धनमा अहिलेको अवस्थामा चार दलका १४५ र नागरिक उन्मुक्ति र स्वतन्त्र गरी १५१ को समर्थन देखिन्छ । 

उता, विपक्षी गठबन्धन कांग्रेसको नेतृत्वमा छ । प्रतिनिधि सभामा कांग्रेसका ८९ सांसद छन् । तर, टेकबहादुर गुरुङ निलम्बनमा परेकाले ८८ सांसदले मात्रै भोट हाल्नेछन् । कांग्रेसलाई समर्थन गरेको दल एकीकृत समाजवादीका १० सांसद छन् । लोकतान्त्रिक समाजवादी (लोसपा)ले पनि कांग्रेसलाई समर्थन गर्ने बताइएको छ । अहिलेकै अवस्थामा कांग्रेसकी उमेदवार न्यौपानेको पक्षमा १०२ मत देखिन्छ । 

उता, राष्ट्रिय जनमोर्चा र नेमकिपाका १–१ सांसद छन् । उनीहरू कतै खुलेका छैनन् । त्यस्तै, १ स्वतन्त्र सांसद कतै खुलेका छैनन् । 

यसरी हेर्दा कांग्रेसलाई सत्ता गठबन्धनमा असन्तु रहेका जसपा, जनमत र अरू पार्टीका सांसदसमेत जोड्दा पनि बहुमत पुग्ने देखिँदैन । सबै जसपा, जनमत, राजमो र नेमकिपाले कांग्रेसलाई मत दिए पनि १२३ मात्रै हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu