site stats
बाह्रखरी :: Baahrakhari
कला
‘भगवत् गीता’मा अभिनेता विपीन कार्कीको इन्ट्री

काठमाडौं । नेपाली कथानक चलचित्र ‘भगवत् गीता’मा अभिनेता विपीन कार्की अनुबन्ध भएका छन् । झरना थापाको निर्देशन रहने चलचित्रमा विपीन अनुबन्ध भएका हुन् ।

“हामीले अन्य केही कलाकारसँग पनि कुरा गरिरहेका थियौँ । तर, त्यसमध्ये राम्रो कलाकार छनोट गर्ने क्रममा विपीन कार्कीलाई आज अनुबन्ध गरेका हौँ,” निर्माता सुनीलकुमार थापाले भने । 

निर्माण पक्षले सौगात मल्लसँग कुरा गरिरहेको थियो । तर, सौगातको समय नमिलेपछि विपीन अनुबन्ध भएका हुन् । 

‘भगवत् गीता’मा धिरज मगर यसअघि नै अनुबन्ध भइसकेका छन् । धिरज, सुहाना थापा र विपीनसँगै यो चलचित्रमा अडिसनबाट लिइएका कलाकारको अभिनय रहनेछ । निर्माण पक्षले कलाकारका लागि अडिसन लिइसकेको छ । 
 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  १२:४५