site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेसबुकमा ‘मनपरी’ लेख्ने आत्मारामलाई जर्मनीबाट झिकाउने तयारी 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरेर मनपरी लेखेको र जातिगत विवाद उठाएर विभिन्न जातिलाई विभाजित तुल्याउन खोजेको आरोपमा धादिङ त्रिपु्रासुन्दरीका आत्माराम थपलियालाई प्रहरीले नेपाल झिकाउने प्रक्रिया अघि बढाएको छ । 

जर्मनीमा रहेका थपलियाले गएको साउनमा उपराष्ट्रपति पुन, माओवादी अध्यक्ष दाहाललगायतका व्यक्तिलाई अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको प्रहरीले आरोप लगाएको छ । थपलियाले विभिन्न जनजातिलाई पनि मनपरी गालीगलौज गरेको प्रहरी दाबी छ । प्रहरीका अनुसार फेसबुकमा व्यक्त उनको बिचारलाई गलत भयो भन्दै सुझाव दिनेलाई समेत थपलियाले अपशब्द प्रयोग गर्दै आफुले लेखेको कुरा सत्य भएको भन्दै चित्त नबुझे प्रहरीमा गएर उजुरी गर्न चुनौती दिँदैआए थिए । 

जर्मनमा पीएचडी गर्न गएका थपलियालाई कारबाहीका लागि पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) ले प्रक्रिया अघि बढाएको छ । उनलाई नेपाल ल्याउन ब्युरोले उनको नाममा जारी भएको राहदानी रद्द गर्नसमेत राहदानी विभागलाई पत्राचार गरेको छ । 

‘‘नेपाली नागरिक भएर नेपाली राहदानी बोकेर विदेश बस्ने अनि नेपाल र नेपालीलाई तथानाम गाली गर्ने तथा अवाञ्छित गतिविधी गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ,’’ केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डीआईजी पुस्कर कार्कीले बाह्रखरीसँग भने, ‘‘जर्मनीमा बसेर नेपालका भीआईपीलाई गालीगलौज गर्ने अनि विभिन्न जातजातिलाई भड्काउने गरी अभिव्यक्ति दिने थपलियालाई कानुनी दायरामा ल्याउन ब्युरोले प्रक्रिया थालेको छ ।’’

डीआईजी कार्कीका अनुसार थपलियालाई साइबर क्राइमअन्तर्गत मुद्दा चलाएर उनको नाममा जारी भएको राहदानी रद्द गरी नेपाल ल्याइनेछ । 

डीआईजी कार्की भन्छन्, ‘‘यस्ता कार्य गर्ने कुनै पनि व्यक्ति विश्वका जुनसुकै कुनामा बसे पनि कानुनी दायरामा पर्छन्, त्यस्ता व्यक्तिलाई कानुनी दायरामा ल्याउने धेरै प्रक्रिया छन्, कूटनीतिक पहल गरेर पनि हामी त्यस्ता व्यक्तिलाई नेपाल झिकाएर कारवाही गर्छौँ ।’’ 

नेपाल प्रहरीले इन्टरपोलमार्फत पनि प्रक्रिया अघि बढाएको जनाएको छ ।

थपलियाको राहदानी रद्द भएपछि उनलाई इन्टरपोलमार्फन नेपाल झिकाइने प्रहरीले जनाएको छ । राहदानी रद्द गर्ने सिफारिस गर्नुभन्दा पहिले प्रहरीले थपलियासँग स्पष्टीकरण सोध्ने वा सफाइको मौका दिने कार्य भने नगरेको बताइएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई गाली गलौज गर्ने कपिलवस्तुका पत्रकार सोनुकुमार सुनारलाई प्रहरीले यसअघि पक्राउ गरी कारवाही गरिसकेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ३, २०७४  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro