
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बुधबार अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार योपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएको आयोगले जनाएको छ । त्यसमध्ये एक करोड चार लाख सात हजार ९५ मत सदर भएको छ ।
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणाीतर्फ एक करोड ११ लाख २६ हजार २२६ (६१.८५ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये एक करोड पाँच लाख ६० हजार ८२ मत सदर भएको छ । ५.०९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
प्रदेशसभातको प्रत्यक्षतर्फ एक करोड १० लाख ३४ हजार ५०० (६१.३६ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये एक करोड पाँच लाख ८५ हजार ३०० मत सदर भएको छ । ४.०७ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।
प्रदेशसभासभाको समानुपातिकतर्फ एक करोड १० लाख २८ हजार ३७६ (६१.३१ प्रतिशत) मतदान भएको थियो । त्यसमध्ये एक करोड तीन लाख ६ हजार ११ मत सदर भएको छ । ६.५५ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।