site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समानुपातिकतर्फको मतगणना सकियो : कुन दलले कति पाए ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । 

“मत गणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत नै फाइनल मत हो,” उनले बाह्रखरीसँग भने । 

आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ  । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । उसनले २८ लाख ४५ हजार ६४१ मत पाएको आयोगले जनाएको छ । 

दोस्रोमा रहेको नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । 

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । 

चौथोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । 

जनता समाजवादी पार्टी नेपालले चार लाख २१ हजार ३१३ मत प्राप्त गरेको छ । जनमत पार्टीले तीन लाख ९४ हजार ५६६ मत पाएको छ  । 

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७२२ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक लाख ६७ हजार ३६७ मत प्राप्त गरेको छ । बाँकी दलले एकलाख भन्दा कम मत पाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १७:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro