site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितपुर \'जाममुक्त\', दुई आकाशे पुल र चार ट्राफिक लाइट थपिँदै
SkywellSkywell

काठमाडौं । ट्राफिक प्रहरीले ललितपुर महानगरपालिकालाई जाममुक्त सहर घोषणा गरेको छ । ‘ललितपुर महानगर– ट्राफिक जाम मुक्त सहर’ भन्ने मुख्य नारासहित ट्राफिक प्रहरीले आइतबारदेखि ललितपुरलाई जाम मुक्त सहर बनाउने काम थालेको हो । 

ललितपुर महानगरपालिका र अन्य सम्बन्धित निकायहरुसँग सहकार्य गर्दै ट्राफिक प्रहरीले आइतबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी जाम मुक्त सहर घोषणा गरेको छ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआईजी सर्वेन्द्र खनालले संयुक्त रुपमा ललितपुरलाई जाम मुक्त सहरको घोषणा गरेका थिए । 

KFC Island Ad
NIC Asia

कार्यक्रममा मेयर महर्जनले चुनाव जित्दा आफूले ललितपुरलाई जाम मुक्त सहर बनाउने घोषणा गरेकोले बोलेको कुरा पूरा गर्न लागिपरेको बताए । “बोलेको कुरा पूरा गर्नु मेरो कर्तव्य हो, यतिबेला सबैभन्दा बढी ट्राफिक समस्या छ । यसलाई मैलेमात्र गरेर केही हँुदैन । आवश्यकता नगरले पूरा गर्दै जानेछ, तर काम सबै मिलेर गर्नुपर्यो । यसको जिम्मा ट्राफिकलाई दिएका छौं, पूरा भएरै छाड्ने छ,” उनले भने । 

उपत्यका ट्राफिक प्रमुख डीआईजी सर्वेन्द्र खनाल र ललितपुर ट्राफिक प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको साथ पाएकाले जाम मुक्त अभियान सफल हुने विश्वास उनले व्यक्त गरे । कार्यक्रममा ट्राफिक प्रमुख खनालले राष्ट्रको प्रतिष्ठा ट्राफिक व्यवस्थापनसँग जोडिएको हुनाले त्यसमा लागिपर्ने बताए । “विकसित देश जस्तो हाम्रो व्यवस्था त छैन, तर हामीले चाहेमा केही गर्न सकिन्छ भन्ने लागेर हामीले ललितपुरलाई जाम मुक्त सहर बनाउने अठोट गरेका हौं, हामी गरेरै देखाउँछौं, त्यसको थालनी आजैबाट भएको छ,” उनले भने । 

Royal Enfield Island Ad

तीन ठाउँमा ट्राफिक लाइट राखिने, दुइ ठाउँमा आकासे पुल
ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ललितपुरको तीन ठाउँमा ट्राफिक लाइट र २ ठाउँमा आकासे पुल निर्माण हुने भएको छ । ललितपुरका मेयर महर्जनले ४ साताभित्र ट्राफिक लाइट जडान गर्ने र आकासे पुल निमार्णकाको काम सकिने बताए ।

उनका अनुसार ललितपुरको पुल्चोकस्थित कानदेउता चोक, मन्त्री क्वाटर जाने चोक र अल्का अस्पतालभन्दा अगाडिको चोकमा ट्राफिक लाइट जडान हुनेछन् । त्यसैगरी ललितपुरको पाटन अस्पताल अगाडि र लगनखेल चोकमा गरी २ ठाउँमा आकासेपुल निर्माण गरिने छ । दुवै काम ४ हप्तामा सकिने महर्जनको दाबी छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro