site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
दुई स्रष्टा सम्मानित, १२ कृति सार्वजनिक

काठमाडौं । रुक्मणिराज सिवाकोटी स्मारक कोषले पत्रकार धु्रवहरि अधिकारीलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता पुरस्कार—२०७९’ र साहित्यकार गोविन्द गिरी प्रेरणालाई ‘रुक्मणिराज सिवाकोटी स्मृति स्रष्टा सम्मान—२०७९’ द्वारा सम्मानित गरेको छ ।

बुधबार काठमाडौंमा स्मारक कोषद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहले सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै १२ वटा पुस्तकहरू सार्वजनिक गरे । 

Argakhachi Cement Island Ad

कार्यक्रममा ‘ज्ञानगुनका कुरा’ पत्रिकाको धु्रवहरि अधिकारी अंक— १, गोविन्द गिरी प्रेरणा अंक— १, ज्ञानमणि नेपाल अंक— ४, डा. महेशराज पन्त अंक— १, कमल दीक्षित स्मृति अंक— १, ‘न्याय’ पत्रिकाको विश्वनाथ उपाध्याय स्मृति अंक— ३, टोपबहादुर सिंह अंक— १, धनेन्द्रबहादुर सिंह स्मृति अंक— २, न्यायमूर्ति जोन मार्शल स्मृति अंक— २, अंग्रेजी भाषाको पुस्तक ‘जस्टिस’सहित १२ पुस्तकहरू सार्वजनिक गरियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वन्यायाधीश टोपबहादुर सिंहले मन्तव्य व्यक्त गर्दै शेषराज सिवाकोटीले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्दै पुस्तकहरू प्रकाशन गरेकोमा आफूलाई खुसी लागेको बताउँदै उनको क्रियाशीलताको प्रशंसा गरे । 

समारोहमा शरदचन्द्र वस्तीले सम्मानित व्यक्तित्व पत्रकार अधिकारी र रमेश शुभेक्षुक तथा प्रमोद प्रधानले साहित्यकार प्रेरणाको परिचय दिए ।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती, प्रा.डा. माधवप्रसाद पोखरेल, चिन्तामणि शिवाकोटी, रोचक घिमिरे, धु्रवहरि अधिकारी, गोविन्द गिरी प्रेरणा, शेषराज सिवाकोटी, गोपाल थपलियालगायतले बोलेका थिए । 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  २०:४१
प्रतिक्रिया दिनुहोस्