site stats
खेल
विश्वकप फुटबल : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
NMB Bank
Dabur nepal
Agani Group
Global bank

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिल विजयी भएको छ । ब्राजिलले सर्बियालाई २–० गोलअन्तरले पराजित गरेको हो । ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका हुन् ।   

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले । दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गर्यो । खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरे । उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाए । 

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसँगै तीन अंक जोडेको छ । ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ । रासस 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:०६
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय