site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भाेका सन्तान शान्त पार्न लठ्याउने औषधि खुवाउन विवश छन् अफगानहरू

काबुल । अफगानीहरू आफ्ना भोका सन्तानलाई शान्त पार्न लठ्याउने औषधि खुवाउछँन् । केहीले जिउनका लागि आफ्ना छोरी र शरीरका अंग बेचेका छन् । 

तालिबानले सत्ता सम्हालेयताको दोस्रो हिउँदमा विदेशी कोषहरू रोक्का भएका छन् भने लाखौँ अफगान जनता अनिकालको नजिक पुगेका छन् । 

“हाम्रा बच्चाहरू रोइरहन्छन् । उनीहरू भोकले सुत्न सक्दैनन् । हामीसँग खाना छैन,” अब्दुल वाहाव भन्छन्, “त्यसैले हामी आफ्ना सन्तानलाई लठ्याउन औषधिपसलमा गएर औषधि किनेर ल्याउछौँ ।”

अब्दुल मुलुककै तेस्रो सबैभन्दा ठूलो हेरात सहर नजिकै बस्छन् । त्यहाँ दशकौँदेखि हजारौँ युद्ध र प्राकृतिक प्रकोप पीडित विस्थापितहरू स–साना माटोले बनेका कच्ची घरमा बस्छन् । बीबीसीका पत्रकारहरूसामु जम्मा भएका अब्दुललगायत करिब एक दर्जन पुरुषमध्ये धेरैले आफ्ना बच्चाहरूलाई लठ्याउने औषधि खुवाउने गरेको विवशता पोखेका छन् । 

गुलाम हजरतले आफ्नो खल्ती छामेर अल्प्राजोलम औषधि निकाले पत्रकारहरूलाई देखाए । यो औषधि वास्तवमा तनाव पीडितहरूलाई लठ्याउनका लागि सिफारिस गरिने औषधि हो । 

एउटा रोटी किन्न चाहिने पैसाले पाँच चक्की अल्प्राजोलम आउँदो रहेछ । गुलामले आफ्ना छ सन्तानमध्ये सबैभन्दा कान्छो एक वर्षीय बालकलाई पनि यो खुवाउने गरेका छन् । 

डाक्टरहरूका अनुसार पौष्टिक तत्व नपुगेका कलिला बालबालिकालाई यस्तो औषधि सेवन गराउँदा उनीहरूका मृगौलामा क्षति पुर्‍याउँछ । अधिकांश मानिसले एउटै रोटी पनि टुक्रा पारेर परिवारमा बाँडेर खाने गरिरहेका छन् । एकजना महिलाले बिहान सुख्खा रोटी र बेलुका रोटी पानीमा भिजाएर खाने गरेको बताएकी छन् । बीबीसीबाट

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro