
काठमाडौं । निर्वाचन आयोगले स्याङजा क्षेत्र नम्बर २ मा बुथ कब्जा भएको भन्दै उजुरी परेपछि छानबिन गर्न टोली गठन गरेको छ ।
आयोगले तीन दिनभित्र छानबिन गरी रिर्पोट पेस गर्न आयोगका कानुन सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा टोली पठाएको हो ।
“त्यहाँ एमाले र कांग्रेस दुवै पक्षबाट धाँधली भएको भनेर उजुरी आएको छ । हामीले तीन दिनभित्र रिर्पोट बुझाउन टोली पठाएको छौंँ,” आयोग स्रोतले भन्यो ।
स्याङजा २ मा मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतगणना समेत सुरु हुन सकेको छैन ।
त्यस क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग उठिरहेको छ । यो क्षेत्रमा कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)की सचिव पद्मा अर्याल प्रतिस्पर्धामा छन् ।
आयोगले बाजुराको विवाद छानबिनका लागि पनि टोली खटाएको छ । त्यहाँ मतदानका क्रममा विवाद भएर गोलीसमेत चलेको थियो ।