site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
डोल्पा प्रदेशसभा 'क'मा एमालेका शेरबहादुर बुढा विजयी

सुर्खेत । डोल्पाकाे प्रदेशसभा 'क'मा नेकपा (एमाले)का शेरबहादुर बुढा निर्वाचित भएका छन् ।

कांग्रेसका दिपेन्द्रबहादुर शाहीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुढाले ४ हजार ७४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहीले २ हजार ४६५ मत ल्याए ।

यो क्षेत्रमा ७ हजार ५१८ मत खसेको थियो ।

यता, प्रतिनिधिसभातर्फ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनबहादुर बुढाले अग्रता लिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:२०
प्रतिक्रिया दिनुहोस्