site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभा समानुपातिक : एमाले र कांग्रेसले कटाए ६ लाख मत, नेकपा (एस) १० औं नम्बरमा (कसको मत कति ?)
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आइतबार सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फ निर्वाचन नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणना पनि जारी छ ।
 
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्मको मतपरिणाम अनुसार नेकपा (एमाले) पहिलो नम्बरमा छ । निर्वाचन आयोगले उपलव्ध गराएको तथ्यांकअनुसार यो समाचार साँझ ५ बजेर ३५ मिनेट जाँदासम्म नेकपा (एमाले) पहिलो नम्बरमा छ । एमालेले ६ लाख ४२ हजार २५६ मत पाएको छ ।
 
समानुपातिकतर्फ कांग्रेस दोस्रो नम्बरमा छ । कांग्रेसले ६ लाख ४ हजार ६८९ मत पाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३ लाख २१ हजार ९६० मत पाएको छ । यस्तै चौथो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले २ लाख ८९ हजार ४७ मत प्राप्त गरेको छ ।
 
आयोगको तथ्यांक अनुसार पाँचौं स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रहेको छ । उसले १ लाख १ लाख ७३ हजार ९०१ मत प्राप्त गरेको छ । यस्तै ७७ हजार १ मतका साथ जनता समाजवादी पार्टी छैटौँ स्थानमा छ । सातौँ स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीको ५१ हजार ८४९, आठौँ स्थानमा जनमत पार्टीको ५० हजार ९२२ र नवौँ स्थानमा ४९ हजार ५२९ मत पाएको छ । 

समानुपातिकतर्फ माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले ४२ हजार ४३१ मत पाएको छ । यस्तै ११ औं नम्बरमा ३४ हजार ०४ मतका साथ लोकतान्त्रिक समाजवादी पार्टी रहेको छ । २४ हजार २० मत हाम्रो नेपाली पार्टीले पाउँदा १७ हजार ६२५ र ११ हजार ६४६ मत मंगोल नेशनल अर्गनाइजेशनले पाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC