site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
विश्वकै सबैभन्दा ठूलो आइफोन कारखानामा प्रदर्शन
Ghorahi CementGhorahi Cement

बेइजिङ । चिनियाँ सहर झेंगझोउस्थित विश्वकै सबैभन्दा ठूलो आइफोन कारखानामा विरोध प्रदर्शन सुरु भएको छ ।

यससम्बन्धी फुटेजहरू अनलाइनमा व्यापक प्रचारप्रसार भइरहेको छन् । ती भिडियोहरूमा सयौँ प्रदर्शनकारीहरूले मार्च गरिरहेको तथा उनीहरूमध्ये केहीलाई सुट लगाएका र दंगा प्रहरीले रोकिरहेको देखिन्छ ।

प्रदर्शनको लाइभस्ट्रिमिङ गरिरहेकाहरूले सो कारखानाका कामदारहरूलाई प्रहरीले पिटेको बताएका छन् । केही भिडियोमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भइरहेको पनि देखिन्छ ।

Dabur nepal
Agni Group

म्यानुफ्याक्चरर फोक्सकोनले थप हिंसा चर्किन नदिन आफूले कर्मचारीहरू र स्थानीय सरकारसँग मिलेर काम गर्ने जनाएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा केही कामदारहरूलाई तलब भुक्तानी विषयमा शंका रहेको तर, आफूले सम्झौता अनुरूप तलब दिने जनाइएको छ । 

साथै विज्ञप्तिमा नयाँ भर्ना भएका कामदारहरूलाई कोभिड पोजिटिभ भएका कामदारहरूसँगै बस्न अनुरोध गरिएको हल्ला सरासर गलत रहेको पनि स्पष्ट पारिएको छ ।

फोक्सकोनले नयाँ कामदारलाई बस्न लगाइनु अघि कोठाहरू संक्रमणरहित गराइसकेपछि स्थानीय अधिकारीहरूलाई परीक्षणसमेत गर्न लगाइएको जनाएको छ । 

गत महिना कोभिडका घटना बढ्न थालेपछि सो कारखानामा लकडाउन घोषणा गरी केही कामदारलाई काम छाडेर घर जान दिइएको थियो । 

फुटेजमा 'हाम्रो अधिकार सुनिश्चित गर' भन्दै नारा लगाउँदै केही प्रदर्शनकारीले लठ्ठीले हिर्काउँदै सीसीटीभी तोडफोड गरिरहेको पनि देखिन्छ । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu