site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलमा दुई विस्फोट : एक किशोरकाे मृत्यु, १४ घाइते
Sarbottam CementSarbottam Cement

जेरुसेलम । इजरायलको जेरुसेलमका बस पार्कहरुमा भएका दुई संदिग्ध बम आक्रमणमा एक किशोरको ज्यान गएकाे छ । अन्य १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

मानिसहरू काममा गइरहेका बेला सहरको व्यस्त क्षेत्रमा बम विस्फोट भएको हो । पहिलो विस्फोटमा घाइते भएका १२ जनामध्ये एक किशोरको मृत्यु भएको थियो । दोस्राे विस्फोटमा तीनजना घाइते भएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

एउटा आक्रमण स्थलमा इजरायलको आन्तरिक सुरक्षामन्त्रीले लामो समयदेखि यस्तो आक्रमण नदेखेको बताएका छन् । यस वर्ष पटकपटक इजरायलीहरूमाथि लक्षित बन्दुक तथा छुरा आक्रमण भएपछि इजरायली सेनाले पनि अधिनस्थ पश्चिम किनाराका प्यालेस्टाइनी सहरहरूमा थुप्रै कारबाही गरिसकेको छ । 

जेरुसेलममा भएका पछिल्ला बम आक्रमणलाई सबैभन्दा गम्भीर आक्रमणको रूपमा लिइएको छ । स्थानीय समयअनुसार बुधवार बिहान करिब ७ बजेर ५ मिनेट जाँदा सहरको मुख्य द्वार नजिकको गिभात साउलमा पहिलो विस्फोटन भएको थियो । 

Global Ime bank

त्यसको करिब ३० मिनेटपछि सहरको अर्को प्रवेशद्वार रामोत जन्कसनमा दोस्राे बम विस्फोट भएको थियो । 

एउटा आक्रमणस्थलको भिडियोमा मानिसहरू आत्तिएर दौडिरहेको र भग्नावशेष सडकभरि छरिएको देखिन्छ । इजरायली प्रहरीले यसलाई 'सामूहिक आतंककारी आक्रमण' संज्ञा दिएको छ । बीबीसीबाट

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC