site stats
देश
देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४०० भन्दा कम 
प्रतीकात्मक तस्बिर ।
NMB Bank
Agani Group
Global bank

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । एक हजार २८५ वटा स्वाब नमुनाको परीक्षण गर्दा चारजनामा संक्रमण देखिएको हो ।

यो अवधिमा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३७३ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:३९
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय