site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इन्डोनेसियामा भूकम्प : कम्तिमा १४ जनाको मृत्यु, सयौँ घाइते
Ghorahi CementGhorahi Cement

जकार्ता । इन्डोनेसियाको जावाको मुख्य टापुमा आएको भूकम्पमा कम्तिमा १४ जनाको ज्यान गएको तथा अन्य सयौँ घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् । 

अमेरिकी भौगर्भिक सर्भेक्षणका अनुसार पश्चिमी जावाको सियान्जुर सहरमा आएको ५ दशमलव ६ म्याग्निच्युडको यस भूकम्पको केन्द्रविन्दु जमिनको सतहदेखि १० किलोमिटर गहिराइमा रहेको छ । भुकम्पको धक्काको महसुस करिब १०० किलोमिटर टाढाको राजधानी जकार्तासम्म भएको थियो । 

Agni Group

जकार्ताका अग्ला भवनका मानिसहरु पनि डरले आत्तिएर बाहिर निस्केका बीबीसीले लेखेको छ । अधिकारीहरुले मृतकको सङ्ख्या बढ्न र थप पराकम्पनहरु आउन सक्ने बताएका छन् । 

सामाजिक सञ्जालमा राखिएका भिडियोहरुमा स्थानीयका क्षतिग्रस्त घर र पसलहरु देखिन्छन् । 

Global Ime bank

न्युज च्यानल मेट्रो टेलिभिजनका अनुसार सियान्जुरको एउटा अस्पतालमा कम्तिमा ३०० जनाको उपचार भइरहेको छ । 

अधिकांश घाइतेको भग्नावशेषमा च्यापिएर शरीरका विभिन्न हड्डी भाँचिएका छन् । उद्धारकर्मीहरुले भग्नावशेषमा पुरिएका मानिसहरुलाई निकाल्ने प्रयास जारी राखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १५:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC