site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दार्चुलामा हवाई फायर, मतदान स्थगित
प्रतीकात्मक तस्बिर।

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुनमा हवाई फायर भएको छ । 

मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा मत हाल्न गएका मतदाताको नाममा अरुले नै भोट हालेको पाइएपछिको विवाद बढ्दा हवाई फायर भएको हो । हवाई फायरपछि मतदान रोकेर पुनः मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।

मत हाल्न पुगेका मतदाताको मत अरुले हालेको थाहा पाएपछि सुरु भएको विवादमा प्रहरीको लाठी चलाउँदा परिस्थिति बिग्रिएको थियो । 

महिलाको टाउकोमा प्रहरीको लाठी लागेपछि स्थानीयले आक्रोशित हुँदै ढुंगामुढा गरेपछि प्रहरीले हवाई फायर खोलेका थियो । 

अहिले परिस्थिति नियन्त्रणमा आएको र मतदान सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro