site stats
बाह्रखरी :: Baahrakhari
संसद् निर्वाचन २०७९
यी पाँच जिल्लामा चल्यो गोली, २७ ठाउँको मतदान स्थगित 

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको क्रममा मतदान रोक्ने प्रयास भएपछि प्रहरीले पाँच जिल्लामा गोली चलाएको छ । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईका अनुसार रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा गोली चलेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मतदान रोक्ने प्रयास र झडपको स्थिति सिर्जना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाएको डीआईजी राईले बताए । 

उनका अनुसार देशभर २७ ठाउँमा मतदान स्थगित भएको छ । तीमध्ये कतिपय ठाउँको मतदान पुनः सुरु भइसकेको पनि राईले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्