site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नवराज सिलवालमाथि कासमु कीर्तेबारे छानविन हुने 

काठमाडौं । अति गोप्य रहने डीआईजीको कार्यसम्पादन मुल्यांकन कीर्ते गरेर सर्वोच्च अदालतमा बुझाएको आरोप लागेका डीआईजी नवराज सिलवालमाथि प्रहरीले आन्तरिक रुपमा छानविन गर्ने भएको छ ।

उनले आफू आईजीपी हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिट मंगलबार मात्रै खारेज भएको छ । तर उनीविरुद्द कीर्तेको आरोप सम्बन्धी विषय टुंगो नलागेको भन्दै छानविन समितिले प्रक्रिया अघि बढाउने तयारी गरेको हो ।

अति गोप्य कागजात कीर्ते गरेर सर्वोच्चमा बुझाएको आरोप लागेपछि सरकारले एआईजी विजय कुमार भट्टको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
सर्वोच्चले रिट खारेज गरिदिएपछि समितिलाई कारवाही अघि बढाउन बाटो खुला भएको छानविन समिति स्रोतले जानकारी दियो । तर सर्वोच्च अदालतले सोही बेला मुद्दाको किनारा नलागेसम्म अनुसन्धान नगर्नू भन्ने आदेश दिएपछि समितिले काम रोकेको थियो ।

समितिले प्रहरी प्रधान कार्यालयमा बयानका लागि बोलाएपछि डीआईजी सिलवाल बयान दिन नगई सर्वोच्च पुगेका थिए । प्रहरी प्रधान कार्यालय उच्च स्रोतकाअनुसार समितिले तयार पारेको प्रतिवेदनसहित कारवाही अघि बढाउन सिफारिस गर्ने तयारी भएको छ ।

सरकारले डीआईजी जय बहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाएपछि सिलवाल वरियताक्रममा आफू नै अघि भएको दाबी गर्दै सर्वोच्च पुगेका थिए ।

सर्वोच्चको आदेशपछि सरकारले अर्का डीआईजी प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएपछि पनि सिलवालले सोही दाबी गर्दै अदालतमा बुझाएको कार्यसम्पादन मुल्यांकन कीर्ते गरेको आरोप छ ।

तीन आर्थिक वर्षको कार्यसम्पादन मुल्यांकन हेरेर बढी नम्बर ल्याएका अर्याललाई आईजीपी बनाएपछि सिलवाल दोस्रो पटक अदालत पुगेका थिए ।  उनीमाथि कीर्ते गरेको आरोप लागेपछि समितिले छानविनका लागि बोलाएको थियो । 

उनले अदालतमा त्यही विषयमा नै मुद्दा विचाराधीन रहेको भन्दै बयान दिन अस्वीकार गरेका थिए । तर पछि समितिले उनीसँग बयान लिइसकेको छ । विधि विज्ञान प्रयोगशालाबाट आएको रिपोर्टका आधारमा छानविन समितिले प्रतिवेदन तयार पारेको स्रोतको दाबी छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro