site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचनमा सीमा बन्द हुने

भैरहवा । मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द हुने भएको छ । आज रुपन्देहीमा बसेको नेपाल–भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी दुवै देशका उच्च सुरक्षा अधिकारीहरुको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठकमा सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैरकानुनी कार्य नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने निर्णय भएको उनले बताए । 

साथै, सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागुऔषध ओसारपसार, मानव बेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम सञ्चालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, जाली नोट नियन्त्रणलगायतका साझा सवालमा निर्णय भएको अर्यालले बताए । उक्त निर्णय दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत बैठकमा भएको छ ।

नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय, रूपन्देही कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका प्रमुख, सुरक्षा प्रमुख लगायतको उपस्थिति थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro