site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रास्वपाको घोषणापत्र : शिशु शिक्षालयदेखि डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिइने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र २४ शीर्षकमा समावेश छ । पार्टीले ‘वाचापत्र’ नाम दिएको आसन्न निर्वाचनलक्षित घोषणापत्रमा अन्तर्राष्ट्रिय मापदण्डको शिशु शिक्षालयदेखि डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिने विषय समेटिएको छ ।

बिहीबार पार्टी सभापति रवि लामिछानले सार्वजनिक गरेको घोषणापत्रमा सबै उमेर समूहलाई सक्रिय राख्न प्रत्येक वडामा खेलमैदान पार्कजस्ता केन्द्रहरू बनाइने उल्लेख छ ।

यस्तै, वार्षिक पाँच लाख टन उत्पादन क्षमताको रासायनिक मल कारखाना स्थापना गरिने, सबै सार्वजनिक कम्पनीहरूको कार्यसमितिमा कम्तीमा ३३ प्रतिशत महिला र अन्य अनिवार्य हुनुपर्ने व्यवस्था गर्ने वाचा गरिएको छ ।

आरक्षण पुनर्संरचना, एक अर्बको समावेशी तथा समन्याय कोषको स्थापना, विद्युतीय सवारीमा शून्य कर, गरिबीको रेखामुनि रहेका व्यक्ति तथा परिवारलाई रासन कार्डको व्यवस्था गर्नेलगायत वाचा सो पार्टीले गरेको छ ।

वाचापत्रमा मतदाताले मताधिकार प्रयोग गर्दै ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ व्यवस्था अनिवार्य लागु गरिने उल्लेख छ ।

adfkmgm1667460333.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro