site stats
बाह्रखरी :: Baahrakhari
राष्ट्रिय याेजना अायाेग
विना मगरलाई आयोगले सोध्यो स्पष्टीकरण
फाइल तस्बिर ।

काठमाडौं । निर्वाचन आयोगले कञ्चनपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी नेकपा (माओवादी केन्द्र)की नेत्री विना मगरलाई स्पष्टीकरण सोेधेको छ । २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको हो ।

उनले त्यस क्षेत्रअन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिताविपरीत २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र त्यसलाई आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक गरेको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनलाई २४ घण्टाभित्र आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।

“उल्लेखित सन्दर्भमा तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी बेलौरी नगरपालिकामा निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भएको छैन भन्ने आधार कारण के छ ?,” स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालय कैलालीमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न अनुरोध छ ।”

प्रकाशित मिति: बुधबार, कात्तिक १६, २०७९  १५:३०
प्रतिक्रिया दिनुहोस्