site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । आईएलटीएस नगरेरै अष्ट्रेलिया अध्ययनका लागि पठाइदिने भन्दै नेपाली युवालाई ठग्ने मलेसियन गिरोहका एक सदस्य पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले मलेसियन नागरिक रामदास बसकर दासलाई ठमेलबाट पक्राउ गरेको हो । रामदासले गएको ११ जना नेपालीबाट ८ लाखका दरले १ करोड २५ लाख रकम ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए । 

लोहनीले भने, “बिना आईएलटीएस अष्ट्रेलियामा रहेको आफ्नो कलेजमा अध्ययनको लागी लैजाने भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको देखियो । पटक–पटक नेपाल आएर सेमिनार गर्ने, विभिन्न आश्वासन दिने अनि रकम उठाएर जाने गरेको देखियो । पक्राउ परेका मलेसियनको कुरा सुन्दा उनीहरुले अन्य देशमा पनि ठगी गरेको हुन सक्छन् ।”

KFC Island Ad
NIC Asia

एसएलसी फेललाई पनि स्टुडेन्ट भिषा !
एसएलसीसमेत पास नगरेकालाई विद्यार्थी बनाएर अष्ट्रेलिया पुर्याउने भन्दै ११ जनालाई ठगी गर्ने रामदासले काठमाडौंमा सञ्चालित आईएफपी एजुकेसन कन्सल्टेन्सीलाई माध्यम बनाएका थिए । महानगरीय अपराध महाशाखाको वैदेशिक रोजगारी ठगी शाखाका इन्चार्ज डीएसपी मनोहर भट्टका अनुसार आईएफपी एजुकेसन कन्सल्टेन्सीका सञ्चालक चिन्टु लामा, अभिनाश गुरुङ र दिर्घ तामाङलाई प्रयोग गरी रामदासले ११ जनाबाट एक करोड २५ लाख रकम ठगी गरेका हुन् । 

उनका अनुसार रामदास गएको जनवरी २६ यता तीन पटक नेपाल आएका थिए । उनले नेपाल आएर विद्यार्थीका लागि सेमिनार आयोजना गरेका थिए । अष्ट्रेलियामा आफ्नो फ्युचर एकेडेमी कलेज रहेको र बिना आईएलटीएस अध्ययन नगरेकालाई पनि भिषा मिलाइदिन्छौं भन्दै रामदासले सेमिनारमा जम्मा भएकालाई लोभ देखाएका थिए । बिना आईएलटीएस ८ लाख रुपैयाँमै अष्ट्रेलिया जान पाइने भन्दै रामदासले विद्यार्थी जम्मा पार्ने कन्सलटेन्सीलाई समेत ठगी गरेको डीएसपी भट्टले बताए । 

Royal Enfield Island Ad

रामदासले उठाएको रकम पीडितहरुले मलेसियन मूलका अष्ट्रेलियन नागरिक रे रिवेन्द्रको नाममा अष्ट्रेलियामा रहेको बैंक खातामा जम्मा गरेको प्रहरीले जनाएको छ । रकम असुलेपछि उनले पटक–पटक अष्ट्रेलियामा रहेको कलेजको विभिन्न नक्कली कागजपत्र बनाएर पठाउने गरेका थिए । लामो समयसम्म पनि भिषा नआएपछि कन्सलटेन्सीले महाशाखामा उजुरी गरेको थियो । महाशाखाले कन्सलटेन्सीकै सहयोगमा रामदासलाई नेपाल झिकाएको थियो । 

डीएसपी भट्टका अनुसार रामदासलाई नेपालमा धेरै जना जम्मा भएका छन् सेमिनार गर्नुपर्यो भनेर खबर गरेपछि उनी काठमाडौं आएका थिए । नेपाल आएका रामदासलाई ठमेलको गेष्टहासमा बसेका बेला पक्राउ गरिएको थियो । 

यसरी ठग्न सफल भए रामदास
११ नेपालीलाई ठगी गर्ने रामदास, कन्सलटेन्सी सञ्चालक गुरुङ र तामाङबीच मेलेसियामै चिनजान भएको थियो । रोजगारीको लागि मलेसिया गएर फर्किएका तामाङ र गुरुङले चिन्टु लामासँग मिलेर कन्सलटेन्सी खोले । मलेसियामै हुँदा अष्टे«लियामा मेरो कलेज छ, बिना आईएलटीएस नेपालीहरुलाई स्टुडेन्ट भिषा मिलाइदिन्छु भन्ने आश्वासन देखाएका कारण उनीहरुले रामदासलाई सम्पर्क गरी नेपाल झिकाएको प्रहरी अनुसन्धानबाट देखिएको छ  । 

पीडित ११ जनामा प्रायजसो कन्सलटेन्सी सञ्चालकका आफन्त नै भएको अनुसन्धानबाट खुलेको डीएसपी भट्टले बताए । सस्तोमा र कम पढेकाले पनि अष्ट्रेलिया जान पाउने र हप्तामा एक दिनमात्र पढाइ हुने बाँकी सबै दिन काम गर्न पाइने आश्वासन दिएका कारण कन्सलटेन्सीले आफ्नै रकम लगाएर आफन्तको नाम पठाएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro