site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको आरोप– गठबन्धनले चुनाव जित्न पैसाको खोलो बगायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देशपनि बेच्न तयार रहेको आरोप लगाएका छन् । शनिबार एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रीत रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाएका हुन् ।

उनले गठबन्धनले चुनाव जित्नका लागि पैसाको खोलो नै बगाएको आरोपसमेत लगाए । जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षडयन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षडयन्त्रलाई विफल बनाउनुपर्ने धारणा राखे । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले वर्तमान सरकारका कारण मुलुकमा महँगी, भ्रष्टाचार, अनियमितता बढेको आरोप पनि लगाए । अहिले लाखौँ रुपैयाँ लिएर भुटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उनको आरोप छ ।

ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायालय सेटिङको अखडामा परिणत भएको जिकिर गरे ।

Global Ime bank

प्रधानन्यायाधीशलाई न्यायालय प्रवेश गर्न नदिने न्यायाधीशहरूले हडताल गर्ने लगायतका तमाशा देखिनु दुर्भाग्य भएको उनले बताए ।

त्यस्तै, ओलीले अब एमालेभित्र कुनैपनि प्रकारको गुठबन्दी हुन नदिने स्पष्ट पारे । पार्टीमा योगदान नै नभएकाहरूले पद नपाएकै कारण एमाले छाडेर बिरोधमा उत्रिएको देखिएको उहाको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ५, २०७९  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय