site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सत्यमोहन जोशीकै इच्छा थियो मृत्युपछि शरीर अस्पताललाई सुम्पिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ ।

१०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान निधन भएको थियो । किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार गिरिश गिरीले लेखेको पुस्तकमा जोशीले आफ्नो र श्रीमतीको शरीर अस्पताललाई सम्पन तयार भएको उल्लेख गरेका छन् ।

“मेरो दीर्घजीवनमा मेरा अंग प्रत्यंगहरुले कसरी काम गरे भन्ने कुरा पक्कै पनि स्वास्थ्य विज्ञानका विद्यार्थीहरुलाई काम लाग्न सक्थ्यो अर्थात् मेरो शरीरको उपयोगिता मेरो मृत्युपछि पनि रहेको मलाई महसुस भयो । यस्तोमा कहींकतै मेरो शरीर सुरक्षित राखेर अध्ययनका लागि उपयोगी हुन सक्छ भने यो शरीर मृत्युपर्यन्त सुम्पन म तयार छु भनेर इच्छा राखें,” पुस्तकमा शरीर अस्पताललाई सुम्पन चाहेको कुरा उल्लेख गर्दै लेखिएको छ, “मेरो त्यो इच्छामा साथ दिंदै मेरी जीवन संगिनीले समेत मृत्युपर्यन्त मेरै मार्ग अपनाउने चाहना प्रकट गरिन् ।”

Global Ime bank

सोही इच्छाअनुसार आइतबार अस्पतालमै भएको छलफलपछि अध्ययन र अनुसन्धानका लागि जोशीको शरीर अस्पतालमै राखिने निर्णय भएको पारिवारिक स्रोतले जानकारी दियो ।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए । 

“अध्ययन अनुसन्धानका लागि आफ्नो शरीर दान गर्ने उहाँले बताउनुभएको थियो,” पारिवारिक स्रोतले भन्यो, “अध्ययनका लागि उहाँको शव किस्ट मेडिकल कलेजमै राखिनेछ ।”

विसं १९७७ वैशाख ३० गते जन्मिएका जोशीको आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय