site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चोलेन्द्रले लगाएका आरोप पुष्टि गर्न चार पूर्वप्रधानन्यायाधीशको चुनौती
Tiktok banner adTiktok banner ad

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आफूहरूमाथि लगाएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।

बिहीबार चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गरी आरोप लगाएर मात्र नहुने भन्दै त्यसको पुष्टि गर्न चुनौती दिएका हुन् ।

“आरोप लगाउँदैमा पुग्दैन । आरोप लगाउनेले बुझ्न सक्ने गरी अमुक व्यक्तिले अमुक विषयमा अमुक समयमा अमुक कुरा अनुचित ढंगले हासिल गर्न खोजेको वा हासिल गरेको भन्ने कुरा शंकारहित तवरले सिद्ध गर्नुपर्ने हुन्छ,” विज्ञप्तिमा उल्लेख छ, “महआभियोग लागेका व्यक्तिले जे भने पनि हुने, त्यसको सिद्ध गर्न भने नपर्ने भन्ने हुँदैन । तसर्थ, हामीहरूले संयुक्त, व्यक्तिगत रूपमा कुनै गैरकानुनी लाभ लिने उद्देश्यले कुनै अमुक विषयमा कहिल्यै कुनै दिन कुनै प्रत्यक्ष भेट वा अन्य माध्यमबाट समेत निजलाई प्रभावित गरेको वा गर्ने उद्देश्य राखेको कुनै पनि तथ्य भए प्रमाणित गर्न खुलेआम चुनौती दिन चाहन्छौँ ।”

उनीहरूले आफूहरूमाथिको आरोप अस्वीकार गर्ने पनि बताएका छन् । “महाअभियोग लागेको व्यक्तिको हामीसँग सम्बन्धित भनाइलाई सम्पूर्ण रूपमा अस्वीकार गर्दछौँ,” उनीहरूले संयुक्त विज्ञप्तिमा भनेका छन्, “उपरोक्तबमोजिम प्रमाणित गर्न नसकेमा त्यसको परिणाम भोग्न लगाउन समितिले सामर्थ्य देखाओस् भनी अनुरोध गर्न चाहन्छौँ ।”

सर्वोच्च अदालतमा आन्दोलन चलिरहेका बेला ०७८ कात्तिक ८ मा उनीहरूले जारी गरेको विज्ञप्तिमै चोलेन्द्रले पूर्वाग्रह राखेको आरोप लगाएका थिए ।

“स्मरणीय के छ भने महाअभियोग लागेको व्यक्तिको हकमा निजले विवादास्पद भूमिका खेलिरहेको अनुभव गर्न मिति २०७८ साल कार्तिक ८ गते हामी चारजनाले संयुक्त वक्तव्य निकालेको सिलसिलामा निजको कोपभाजन हुनुपरेको भन्ने कुरा छर्लंगै छ, जसको प्रतिलिपि यसै साथ छ,” विज्ञप्तिमा उल्लेख छ, “सिफारिस समितिले आफ्नो संवैधानिक दायित्व र भूमिकालाई सक्षमतापूर्वक सम्पादन गर्न सकोस् भन्ने हाम्रो चाहना छ । हाम्रो भनाइ यस माध्यमद्वारा जानकारी गराइदिए पुग्ने देखेर समितिसमक्ष सशरीर उपस्थित हुन सकेनौँ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro