site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साक्षर प्रदेश घोषणा भयो प्रदेश नं. १
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश सरकारले प्रदेश नं. १ लाई साक्षर प्रदेश घोषणा गरेको छ । प्रदेश राजधानी विराटनगरमा आज एक कार्यक्रम गरी साक्षर प्रदेश घोषणा गरिएको हो ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा पारेर प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले साक्षर प्रदेश घोषणा गरे ।
 
प्रदेशका १४ जिल्लालाई यसअघि नै साक्षर घोषणा गरिएको थियो । प्रदेश १ मा १५ देखि ६० वर्ष उमेर समूहका ९६ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सामाजिक विकास मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयको तथ्याङ्कअनुसार कतिपय जिल्लाहरूमा भने साक्षरता प्रतिशत कम देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

झापामा ९८.३३ प्रतिशत, धनकुटामा ९७.५ प्रतिशत, ओखलढुङ्गामा ९९.५ प्रतिशत, इलाममा ९७.६२ प्रतिशत, पाँचथरमा ९७ प्रतिशत, खोटाङमा ९६.५६ प्रतिशत, सुनसरीमा ९५.५ प्रतिशत र मोरङ ९६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छन् ।
 
नेपालमा २०७१ सालदेखि साक्षर जिल्ला घोषणा गर्न आरम्भ गरिएको हो । २०६५ र २०६९ मा राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरिएको थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भए जिल्लालाई साक्षर घोषणा गर्न सकिने युनेस्कोको नीति छ ।

तथ्याङ्कअनुसार तेह्रथुममा ९५.९८ प्रतिशत, भोजपुरमा ९६.८ प्रतिशत, उदयपुरमा ९५.३२ प्रतिशत, सखुवासभामा ९५.६३ प्रतिशत, ताप्लेजुङमा ९६.४५ प्रतिशत र सोलुखुम्बुमा ९६.७३ प्रतिशत साक्षर रहेका छन् । १४ जिल्लाको जम्मा साक्षरता दर ९६.७४ प्रतिशत रहेको छ । 

Global Ime bank

प्रदेश १ को जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ छ । कूल ९६.७४ प्रतिशत साक्षर दर छ ।
  
सभामुख भण्डारीले प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीतिअन्तर्गत साक्षर घोषणा गरिएको बताए ।  यसअघि वाग्मती र गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय