site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा दैनिक सय किलो अवैध सुन भित्रिन्छ ! कहाँ जान्छ यतिधेरै सुन ?

काठमाडौं । २०७३ मंसिर १८ गते प्रहरीले बौद्धबाट १० किलो सुन बरामद गर्यो । महानगरीय प्रहरी वृत्त बौद्धले फुलबारीबाट १० किलो सुन बरामद गरेको थियो ।

२०७३ पुस २१ गते युएईबाट नेपाल भित्र्याउँदै गरेको साढे ३३ किलो सुन बरामद भयो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले उक्त सुन विमानस्थल बाहिरबाट पक्राउ गरेको थियो । 

२०७३ चैत ४ गते चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन रसुवागढी सिमानाका प्रहरीले बरामद गर्यो । स्याङ्जा वालिङ–९ का प्रकाश गैरेको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा रसुवाको टिमुरेबाट बरामद गरेको हो । 

२०७४ भदौ १६ गते रसुवाबाटै आएको २२ किलो सुनमध्ये प्रहरीले १५ किलो सुन काठमाडौंको टोखाबाट प्रहरीले बरामद गर्यो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रहरी टोलीले उक्त सुन बरामद गरेको थियो । 

यी मुख्य र धेरै ठुलो परिमाणमा पक्राउ परेको सुनको विवरण हुन् । प्रहरीले मंसिर यता मात्र २ सय केजी सुन बरामद गरेको तथ्यांक छ ।

कति आउँछ दैनिक सुन ?

रसुवाको केरुङ हुँदै दैनिक १०० किलो सुन भित्रिने गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।

स्रोतको दाबीअनुसार चिनियाँ बजारबाट १०० किलो सुन नेपालका लागी छुट्छ । त्यो सबै सुन भन्सार छलेर नेपाल भित्र्याइन्छ । नेपाल भित्रिएको अधिकांश सुन काठमाडौं आइपुग्छ । त्यसपछि मात्रै अन्य स्थानतर्फ पठाइने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार चीन हुँदै नेपाल भित्रिएको अधिकांस सुन भारतीय बजारमा खपत हुन्छ । नेपाल–भारतबीचको खुला सीमाको फाइदा उठाउँदै तस्करले सुन तस्करी गरिरहेको प्रहरी उच्च स्रोतको दाबी छ ।

तस्करबीच विवाद भएको सुनमात्रै पक्राउ पर्छ ?
 

सुन तस्करी र तस्करीका सहयोगीबीच रकम र कमिसनको हिसाब नमिलेपछि मात्रै प्रहरीकहाँ सूचना आउने गरेको छ । त्यही सूचनाका आधारमा अहिलेसम्म पक्राउ गरिँदै आएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीकै उच्च अधिकारी भन्छन्,“भन्सार छलेर आउने सुनको एकाध अंशमात्र पक्राउ पर्छ । बाँकी सुन कता जान्छ भन्ने पत्तो नै हुँदैन । ”  नेपाल भित्रिएको सुन ९५ प्रतिशत भारत जाने गरेको आशंका भए पनि पुष्टि भने प्रहरीले पनि गर्न सकेको छैन । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १४:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro