site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाडीभित्रको ८८ किलो अवैध सुन निकाल्न ४ घण्टा लाग्यो ! चिनियाँ नागरिक फरार 
SkywellSkywell

काठमाडौं । आईतबार राति साढे १० बजे महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दलाई एउटा नम्बरबाट एसएमएस आयो । 

एसएमएसमा केरुङबाट बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडीमा सुन छ ।  यो गाडी क्षेत्रपाटी क्षेत्रमा प्रवेश गरेको छ । त्यही समयमा उही एसएमएस महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीलाई पनि आएको थियो । उक्त एसएमएसपछि एआईजी चन्दले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको प्रहरी टोलीलाई खोज्न निर्देशन गरे ।

महाशाखाबाट एक टोली क्षेत्रपाटीतर्फ निस्कियो । राति करिब २ बजेतिर गाडीलाई प्रहरीले फेला पार्यो । प्रहरीले उक्त गाडीलाई आफ्नो घेरामा राख्योे । गाडीमा चालक मकवानपुरका मनोज अधिकारी थिए । चालकसहित बिहान ५ बजे महाशाखामा ल्याइयो । 

KFC Island Ad
NIC Asia

गाडीमा यति धेरै सुन होला भन्ने प्रहरीले अनुमानसमेत गरेको थिएन । “जब गाडी महाशाखाको प्राङ्गणमा ल्याइयो । त्यसपछि हामीले खोलेर हेर्न थालियो,” महानगरीय अपराध महाशाखाका प्रमुख लोहनीले बाह्रखरीसँगको कुराकानीमा भने, “गाडी एकदमै सामान्य अवस्थामा थियो । गाडी १७ लटको चलेकै नयाँ छ । गाडीको कुनै स्वरुप परिर्वतन भएको जस्तो पनि थिएन । तर यही गाडीमा सुन छ भन्ने भरपर्दो सूचना भएकाले हामीले जताततै खोलेर हेर्न थाल्यौं । गाडीको सिटभित्रदेखि बम्पर, लुकिङग्लास, गाडीको भित्रिभागमा हेर्यौं । लुकाएर राखिएको ८८ किलो फेला पर्यो । गाडीको टायरसमेत खोलेर हेरिएको छ ।”

महानगरीय प्रहरी आयुक्त एआईजी चन्दले पनि गाडीमा सुन छ भन्ने सूचना भरपर्दो नै भए पनि यतिधेरै होला भन्ने अनुमान नगरिएको बताए । उनले अनुमान गरिएको भन्दा निकै धेरै सुन बरामद भएको बताए ।

Royal Enfield Island Ad


गाडीबाट सुन निकाल्न मात्रै ४ घण्टा लाग्यो 
 

आईतबार राति क्षेत्रपाटीबाट बरामद गरेको सुन गाडीको विभिन्न भागमा लुकाएर राखेको अवस्थामा थियो । महानगरीय महाशाखाको प्रहरी टोलीले मेकानिक्स बोलाएर सबै खोल्न लगाएको थियो । मेकानिक्सको सहयोगमा बिहान ५ बजेदेखि ९ बजेसम्म गाडीको प्रत्येक भाग चेकजाँच गरिएको थियो । सबै खोलिसकेपछि ८८ किलो फेला परेको थियो ।

सुनसँगै चिनियाँ नै आएको आशंका 
 

८८ किलो सुनसहित केही चिनियाँ नागरिक पनि काठमाडौं आएको प्रहरीले आशंका गरेको छ । “सुनसहित केही चिनियाँ नागरिक पनि आएको हुनुपर्छ तर गाडी ठमेल छिरेपछि चिनियाँहरु निस्केर गएको र गाडीमा भएको सुन मिलाएर निकाल्ने तयारी थियो होला,” लोहनी भन्छन्, “चालक र गाडी हामीले नियन्त्रणमा लिएको थाहा पाएर भागेका छन् । उनीहरुलाई पक्राउ गर्न हाम्रो टोली परिचालित भैसकेको छ । थप अनुसन्धान गर्दैछौं ।”

आज बजारमा सुनको मुल्य प्रतितोला ५७ हजार रहेको छ । ८८ किलो सुनको ४३ करोड, १ लाख ८८ हजार ६७९ रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  १२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro