site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद (अपडेट)

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ८८  किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए  । 

प्रहरीले दिएको जानकारीअनुसार उक्त सुन चिनियाँ नागरिकको भएको बताइएपनि पुष्टि भने हुन सकेको छैन ।

राति दुई बजेतिर प्रहरीले उक्त सुनसहितको गाडी पक्राउ गरेको हो । बा १७ च ६४२७ नम्बरको टाटा सफारीमा लुकाइ राखिएको सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
चालक मकवानपुरका मनोज अधिकारी भएको प्रहरीले जानकारी दिएको छ ।  चालक, सुन र गाडीलाई पक्राउ गरी टेकुमा राखिएको चन्दले जानकारी दिए ।

भन्सार छली गरेर ल्याइएको सुनमध्ये यसरी पक्राउ गरिएको यो सबैभन्दा धेरै हो ।  यसअघि अघिल्लो सातामात्रै १५ किलो सुनसहित पक्राउ गरेको थियो भने गतवर्ष २२ किलो सुनसहित पक्राउ परेका थिए ।
\"\"

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro