site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पात्रहरु’ मा ड्यालसमा छलफल 
Tiktok banner adTiktok banner ad

ड्यालस (अमेरिका) । पत्रकार सञ्जय घिमिरेद्वारा लिखित पुस्तक ‘पात्रहरु’ माथि आइतबार अमेरिकाको ड्यालसमा छलफल आयोजना गरियो ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आयोजनामा भएको छलफलमा लेखक घिमिरेले भरखरै मात्र प्रकाशित आफनो पुस्तकमा उल्लेखित बिभिन्न समय, स्थान र परिवेशका पात्रहरुका माध्यमबाट जीवन र जगतका बारेमा केलाउने प्रयास गरिएको उल्लेख गरे । उनले जन्मस्थल कास्कीको देउरालीदेखि काठमाडौंमा रहँदा र पछिल्लो डेढ दशकदेखि अमेरिकामा रहँदाका अनुभवहरुलाई पात्रहरुको माध्यमबाट पस्किएको चर्चा गरे । 

त्यस अवसरमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले लामो समय पत्रकारितामा बिताएर अमेरिकाको अनुभव गरिरहेका महासंघका पूर्ब केन्द्रिय सदस्य घिमिरेको नयाँ कृतिले समाजलाई एउटा गहन पुस्तक दिएको बताए । 

नेजाका अध्यक्ष विकास राज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा पात्रहरुका विषयमा विनोद रिजाल र रामचन्द्र भट्टले संक्षिप्तमा चर्चा गरेका थिए । 

दुई साता अघि काठमाडौंमा विशेष कार्यक्रमबीच विमोचन गरिएको पात्रहरु भरखरैमात्र अमेरिकामा आइपुगेको छ । सांग्रीला बुक्सले प्रकाशन गरेको यो पुस्तक अमेजनमा समेत उपलव्ध छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro