site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एमसीसी’ र ‘एसपीपी’विरुद्ध सडकमा उत्रिँदै साना कम्युनिस्ट पार्टी 

काठमाडौं । साना कम्युनिस्ट पार्टीहरूले अमेरिकी सहायता परियोजना ‘एमसीसी’ र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एमसीसी र एसपीपी नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

घोषित आन्दोलनका कार्यक्रममा यही साउन १३ गते देशव्यापी कोणसभा, १५ गते मसाल जुलुस र साउन २१ गते प्रदेश तथा काठमाडौंमा विरोध प्रदर्शन गर्ने रहेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले बताए ।

उनले एसपीपीमा सहभागी नहुनेसम्बन्धी पत्र नपठाएर वर्तमान सरकारले आत्मसमर्पण र राष्ट्रघात गरेको आरोप पनि लगाए । मुलुकमा महँगी बढ्दा समेत कुनै चासो नदेखाएर सरकारले जनताप्रतिको संवेदनशीलता गुमाएको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले सरकार भ्रष्टचारमा डुबेको भन्दै अब सबै जनता मिलेर आन्दोलन गर्नुपर्ने धारणा राखे । उनले साना कम्युनिस्ट पार्टीबीच कार्यगत एकता गर्दै जनताको जनजीविकाका पक्षमा आवाज उठाउने उल्लेख गरे ।

उनीहरूले पहिलो चरणको आन्दोलन सकिएपछि अर्को चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro