site stats
बाह्रखरी :: Baahrakhari
साहित्य र कला
‘न्युड’ फोटोसुट गराएका रणवीरविरुद्ध उजुरी

मुम्बई । एउटा पत्रिकाका लागि ‘न्युड’ फोटोसुट गराएका बलिउड अभिनेता रणवीर सिंहका तस्बिर सार्वजनिक भएसँगै इन्टरनेटमा धेरैले उनको मजाक उडाए ।

सोही कारण अहिले उनीविरुद्ध उजुरी परेको छ । महिलाको भावनामा चोट पुर्‍याएको आरोप उनीमाथि लागेको छ । रणवीरविरुद्ध एउटा आईएनजीओले उजुरी दर्ता गराएको बलिउड हंगामाले उल्लेख गरेको छ ।

उक्त संस्थाले चेम्बुर प्रहरीचौकीमा उनीविरुद्ध उजुरी दर्ता गराएको हो । महिलाको भावनामा चोट पुर्‍याएको र शिष्टताको अपमान गरेको उजुरीमा आरोप लगाइएको छ ।

मिडियालाई जानकारी दिँदै चेम्बुर प्रहरीका अधिकारीले भनेका छन्, “हामीले आईएनजीओसँग आबद्ध एकजना व्यक्तिबाट सोमबार निवेदन पाएका थियौँ । अहिलेसम्म कुनै एफआईआर दर्ता भएको छैन । हामी सोधखोज गरिरहेका छौँ ।”

प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १५:४९